सोमबार, पुस ७, २०८२

दुइटा गाडी त्रिशूलीमा खसेपछि नाइट बसमा रोक लगाउने प्रस्ताव

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ।

National life

आज राति नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो।

मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा छलफल भइरहेको छ। बर्खाको समयमा रातिमा सवारीसाधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृह मन्त्रलायले यस्तो प्रस्ताव ल्याएको हो।

चितवनको घटनाबारे जानकारी पाउनासाथ गृह मन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो। बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए।

यसअघि २०७९ साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो ।

Laxmi sunrise bank
kumari

यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन्।
 

प्रकाशित: Jul 12, 2024| 11:24 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्