सोमबार, पुस ७, २०८२

यी जिल्लामा छ बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- लगातारको वर्षासँगै देशका सानाठूला केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदी देवघाटमा जलसतह सतर्कता तहभन्दा माथि रहनेछ ।

National life

महाशाखाका अनुसार मर्स्याङ्दी नदीमा पनि जलसतह सतर्कता तहनजिक छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । यी जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको अनुमान छ ।

यस्तै, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप र म्याग्दी भई बहने अधिकांश साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

प्रकाशित: Jul 12, 2024| 11:00 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्