सोमबार, पुस ७, २०८२

पहिरोमा परेका दुई बस त्रिशूली र नारायणीमा खोजिँदै

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

काठमाडौं- नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेका छन्।

National life

गए राति साढे ३ बजे भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडक माथिबाट खसेको पहिरोसँगै बस त्रिशूली नदीमा खसेका हुन्।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेका थिए।

एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको बताइएको छ। घटनास्थलमा तीनवटै सुरक्षा निकायका गरी ७५ जनाभन्दा बढी खटिएका छन्।
बस खोज्न गोताखोर टोली समेत परिचालन भएका छन्।

नदीमा बाढी आएका कारण खोजी कार्यमा समस्या भएको छ। त्रिशूलीसँगै नारायणीमा पनि खोजी कार्य सुरु गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 12, 2024| 10:57 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्