प्राकृतिक विपदमा परेर गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले ३ जना, पहिरोमा परेर १३ जना र चट्याङ लागेर १ जनाको मृत्यु भएको हो। त्यसैगरी १ जना बेपत्ता भएका छन्। बाढी, पहिरोसहित यो अवधिमा ७७ वटा घटना भएका छन्।
योसँगै मनसुन सुरु भए यता प्राकृतिक विपदमा परेर १०१ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्।