शनिबार, भदौ ६, २०८३

पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्। ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।

प्रकाशित: Jul 12, 2024| 07:40 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्