सोमबार, जेठ २६, २०८२

नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुईवटा बस बगायो

 |  शुक्रबार, असार २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

vianetvianet

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको प्रहरीले जनाएको छ। बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केका छन्। उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।

बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको बताइएको छ। त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ। 

प्रकाशित: Jul 12, 2024| 05:48 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्