आइतबार, चैत २९, २०८२

थप तीन दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

 |  बिहीबार, असार २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २७, २०८१

काठमाडौं- जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्। आज बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय लिएका हुन्।

National life

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। प्रतिनिधि सभामा जनमतका छ सांसद छन्।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ 'प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ।'

kumari

प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ। कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप नै जारी गरिसकेका छन्।

प्रकाशित: Jul 11, 2024| 18:43 बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्