सोमबार, पुस ७, २०८२

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

 |  बिहीबार, असार २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २७, २०८१

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। 

National life

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले असार २८ गते बिहान ११ बजेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गर्दै ह्विप लगाएका हुन्।

वर्तमान सत्ता साझेदार दलहरू नेकपा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि दाहालले असार २८ गते विश्वासको मत लिने कार्यसूची छ। 

कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि सहमति गरेपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो।

प्रकाशित: Jul 11, 2024| 12:59 बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्