आइतबार, भदौ २३, २०८१

nespernesper

कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

 |  बिहीबार, असार २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २७, २०८१

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेको छ। विज्ञप्ति जारी गर्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई महत्त्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको हो।

triton college

कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाद्वारा जारी उक्त विज्ञप्तिअनुसार वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको छ। सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण समेत भएको र मुख्यमन्त्रीले राजनीतिलाई सहज र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गर्ने विज्ञप्ति मार्फत उनले आग्रह गरेका छन् ।

'मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न संघ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने संकल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका  मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिइसकेको पृष्ठभूमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परी कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ। यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।'

प्रकाशित: Jul 11, 2024| 10:05 बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्