बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सवा १३ खर्ब भित्रियो रेमिट्यान्स

 |  बुधबार, असार २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढी हो। गत वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।

triton college

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो। ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ।

यसैगरी गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ। गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो। 

बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड पुगेको प्रतिवेदनले देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हो।

Metro Mart
vianet

प्रकाशित: Jul 10, 2024| 18:02 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्