सोमबार, जेठ २६, २०८२

सनवोरा नदीको झोलुंगे पुल बाढीको उच्च जोखिममा

 |  बुधबार, असार २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

vianetvianet
National life insurance

कञ्चनपुर- तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका-३ र २ जोडने झोलुंगे पुल जोखिममा पारेको छ। वडा नं ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो।
 
तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताए। 'पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ', उनले भने, 'तत्काल जोगाउन प्रयास थालिनुपर्छ।'
 
वडा नं २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुंगे पुल रहेको उनले उल्लेख गरे।
 
वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिको बिहीबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताए। वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उनले बताए।
 
'तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’ सहित जाने कार्यक्रम छ', वडाध्यक्ष चौधरीले भने, 'तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ। नगर तथा विपद् व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ।'
 
स्याली र सनवोरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उनको भनाइ छ। पुल विसं २०७३ मा ७० लाख रूपैयाँको लागतमा निर्माण भएको थियो। पुलको लम्बाइ एक सय मिटर छ। रासस

प्रकाशित: Jul 10, 2024| 16:57 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्