शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिकै अनुमतिमा प्रतिवेदनबारे मिडियामा बोलेको मुकुलको स्पष्टीकरण

सभापतिकै अनुमतिमा प्रतिवेदनबारे मिडियामा बोलेको मुकुलको स्पष्टीकरण

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।

बुधबार पत्रकार सम्मेलनमार्फत उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाबी गरे।

असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो।

प्रकाशित: Jul 10, 2024| 16:19 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्