शनिबार, भदौ ६, २०८३

एटिएम मेसिन तोडफोड गर्ने दुई जना बुढानीलकण्ठबाट पक्राउ

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं-  माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन्। 

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए। 

प्रकाशित: Jul 10, 2024| 14:55 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्