आइतबार, असार ८, २०८२

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु, एकको परिचय खुल्यो

 |  बुधबार, असार २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

vianetvianet

कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एक जनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ।

दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका-३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन्।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

 

प्रकाशित: Jul 10, 2024| 13:21 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्