शनिबार, भदौ ६, २०८३

यात्रुवाहक बस र दूध ट्यांकर ठोक्किँदा १८ जनाको मृत्यु

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुबाक डबल डेकर बस दूध ट्यांकरमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।  

बुधबार बिहान ५:१५ बजे बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्यांकरसँग ठोक्किएको हो । दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्। प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर् गरिएको राठीले बताए । दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सूचना गरेपछि घाइतेहरूलाई अस्पताल पुर्याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको  एक प्रहरी अधिकारीले बताए । क्षतिग्रस्त बस र ट्यांकरलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार  मानिसहरूको मृत्यु हुने अधिकारीले बताएका छन् ।

 

प्रकाशित: Jul 10, 2024| 13:00 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्