सोमबार, पुस ७, २०८२

बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो। जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन्।

National life

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन्। घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन्।

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ। यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए। वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्तापित भएका छन्। बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए। उक्त घटनामा १० करोड ७० लाख ४० हजार नौ सय रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 10, 2024| 11:47 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्