शनिबार, जेठ १६, २०८३

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१
National life
Shivam cement

कास्की- पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट  ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए। 

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ 

प्रकाशित: Jul 10, 2024| 11:16 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्