आइतबार, भदौ २३, २०८१

nespernesper

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। रास्वपा केन्द्रीय समितिले हिजो उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेपछि आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।

triton college

ढकालले दिउँसो ३ बजे अनामनगरमा पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई बोलाएका छन्। 

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मङ्गलवार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो। 

केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो।

प्रकाशित: Jul 10, 2024| 11:10 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्