शनिबार, भदौ ६, २०८३

चट्याङ लागेर बाँक‍ेमा दुई महिलाको मृत्यु

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

बाँके- बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्। 

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। 

गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 09, 2024| 21:31 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्