शनिबार, असार ७, २०८२

इतिहासमै सबैभन्दा बढी वर्षा कञ्चनपुरमा

 |  मंगलबार, असार २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

vianetvianet

काठमाडौं- नेपालमा वर्षा मापन हुन थालेको ७७ वर्षयताकै सर्वाधिक धेरै वर्षा आइतबार र सोमबार कञ्चनपुरमा रेकर्ड भएको छ। 

जल तथा मौसम विज्ञान विभागले मंगलबार विज्ञप्ति जारी गर्दै कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ गते बिहान ८:४५ मा रेकर्ड गरिएको २४ घण्टाको वर्षा मापनले अहिलेसम्मकै सर्वाधिक ठूलो पानी परेको देखाएको जनाएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो। २४ घण्टाको अवधिमा नेपालमा यति ठूलो वर्षा यसअघि कतै पनि रेकर्ड गरिएको थिएन। 

विभागले २००३ साल यताका ७७ वर्षमा यति ठूलो वर्षा कतै पनि रेकर्ड भएको नदेखिएको जनाएको छ। विभागले यो वर्षालाई अति भारी भएको जनाएको छ। नेपालमा मनसुन अवधिमा सरदरमा एक हजार १ हजार ४७२ मिलिमिटर वर्षा हुन्छ।

यो वर्ष जेठ २८ गते देखि पूर्वी नेपालबाट शुरू भएको मनसुन असार १४ देखि २४ सम्म निकै सक्रिय भएको थियो। सो क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भागमा आइतबार र सोमबार अति भारी वर्षा भएको थियो। 

वायुमण्डलीय तथ्यांक, भु–उपग्रहबाट लिइएको तस्वीर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएतापनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको विभागले जनाएको छ। 

न्यूनचापीय प्रणाली विकास हुँदा बढी पानी पर्छ। त्यसका अतिरिक्त उक्त क्षेत्रको उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापिय रेखा सक्रिय रही अरब सागर विभागले जनाएको छ। 

मनसुनी न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संगम भएकाले त्यहाँ बढी पानी परेको हो। विभागका अनुसार यसभन्दा अगाडि २०७४ साउन २९ गते हेटौंडामा सबैभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो। भू–संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ्मा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो।

प्रकाशित: Jul 09, 2024| 19:56 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्