सोमबार, पुस ७, २०८२

अघिल्लो दिन केटी जिस्क्याएको निहुँमा भनाभन, भोलिपल्ट हत्या 

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

विराटनगरमा सोमबार राति भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो। हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

National life

पक्राउ पर्नेमा सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन्। सञ्जय भोजपुरका हुन् भने शेर्पा ताप्लेजुङका हुन्। उनीहरू विराटनगरमै डेरा गरी बस्छन्।​​ अन्य दुई जनाको घर भने विराटनगर भएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको प्रहरीको भनाइ छ। 

कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ।

घटनामा परी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन्। घाइतेमध्ये रायको अवस्था गम्भीर छ। दुवैको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्। कामत समूहका केटाले केटीलाई जिस्क्याएछन्। त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Laxmi sunrise bank
kumari

आइतबार नै दुई समूहबीच भनाभन भएको थियो। पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 09, 2024| 18:58 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्