सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गेष्टहाउसमा अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट फेला परेपछि...

गेष्टहाउसमा अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट फेला परेपछि...

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

कठमाडौं- नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिका किशोरीहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिला सिंतान रहेका छन्।

National life

ब्युरोका अनुसार सुरुमा उनीहरूले भक्तपुरको जडीबुटीमा 'सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्टहाउस'मा आर्थिक अवस्था नाजुक भएका बालिकालाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने आश्वासन दिएर काममा राख्थे। विस्तारै गेस्टहाउसमा आएका ग्राहकसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको छ।

उनीहरूले संयुक्त रूपमा सञ्चालन गरेको गेस्टहाउसको कोठामा बालिकालाई राख्ने र ग्राहकको रोजाइमा बालिकालाई शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको ब्युरोले जनाएको छ। 

गेस्टहाउसमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति एक हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। गेस्टहाउसमा प्रयोग भएका तथा नभएका अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक औषधिसमेत फेला परेको छ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो। ब्युरोले तीन बालिकालाई गेस्टहाउससबाट उद्धार गरेर सुरक्षित आवासमा राखेको छ। अभियुक्तहरूलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 09, 2024| 18:53 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्