सोमबार, पुस ७, २०८२

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कंदै

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

कञ्चनपुर- मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन्। सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए।

National life

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सातजना घर फर्किएका बताए।

महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिए। बाढी तथा घर डुबानमा परेका पीडितहरु विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए। 

दोधारा चाँदनी नगरपालिकामा पीडितहरु अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन्भने भीमदत्त नगरपालिका-१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नं १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन्।

भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताए।

Laxmi sunrise bank
kumari

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लामा बाढीमा परी तीन किशोरी र एक सातमहिने शिशुसहित चार जनाको मत्यु भएको छभने एकजना अझै बेपत्ता छन्।

प्रकाशित: Jul 09, 2024| 19:01 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्