सोमबार, पुस ७, २०८२

विपद्जन्य घटनाबाट झापामा चार जनाको मृत्यु

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

बनियानी- झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उनका अनुसार खोलाले बगाएर दुईजना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो।

National life

खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ। मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रु एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ।

जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन्। २८ घरपरिवार विस्थापित भएका छन्। तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए। 

सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत् गरेको छ। मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन्। जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 09, 2024| 18:31 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्