सोमबार, पुस ७, २०८२

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताइन्। सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखिन्। ‘बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ। अधिकांश स्थानमा सडक अवरुद्ध छ’, उनले भनिन्, ‘सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ।’

सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: Jul 09, 2024| 15:51 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्