शनिबार, भदौ ६, २०८३

पहिरोमा परी त्रियुगामा एक जनाको मत्यु, दुई घाइते

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

गाईघाट- गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन्।

प्रकाशित: Jul 09, 2024| 15:44 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्