आइतबार, चैत २९, २०८२

रास्वपा महामन्त्री मुकुल ढकाल बर्खास्त

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।

National life

ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए। ‘केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकका निर्णय सुनाउँदै झाले भने।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ।

महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएका छन्। ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन’, उनले भनेका छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन।’

उनले पार्टीबाट कारबाही भोगेलगत्तै छोटो धारणा सार्वजनिक गरेपछि बाँकी कुरा भोलि गर्ने उल्लेख गरेका छन्।

kumari

ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।

पार्टी अनुशासनबाहिर गएको भन्दै रास्वपाले ढकालमाथि कारबाही गरेको हो।

 

प्रकाशित: Jul 09, 2024| 13:13 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्