शनिबार, भदौ ६, २०८३

नारायणी किनारमा तीन जनाको शव फेला

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई पुरूष र एक जना महिलाको शव फेला परेको हो। मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्। सबैको शव सडिसकेको अवस्थामा फेला परेको हो। 

माछा मार्न गएका माझीले शव देखेर प्रहरीलाई बोलाएका थिए। घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित: Jul 09, 2024| 12:19 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्