सोमबार, जेठ २६, २०८२

ग्याङ फाइटमा एक जनाको मृत्यु

 |  मंगलबार, असार २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

vianetvianet

काठमाडौं- मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। 

झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृत्यु हुनेमा कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनी छन्।

घाइते अमर राय र विक्रम मण्डलको नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अहिलेसम्म घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। 

प्रकाशित: Jul 09, 2024| 10:55 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्