सोमबार, जेठ २६, २०८२

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

 |  मंगलबार, असार २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

vianetvianet
National life insurance

लमजुङ- वर्षाले पहिरो जाँदा डुम्रे- बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ।

प्रकाशित: Jul 09, 2024| 09:15 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्