काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ। यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।