सोमबार, पुस ७, २०८२

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काभ्रेपलाञ्चोक- वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ। सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो। गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ  सवारी रोकिएका छन्। साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ। 

प्रकाशित: Jul 09, 2024| 07:16 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्