सोमबार, पुस ७, २०८२

पहिरोले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

तनहुँ- पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोका कारण दुई दिनदेखि अवरुद्ध भएको छ। तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिरोले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो।

National life

बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुंगा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए। उनले भने, 'शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिरोले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ। मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन। सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।'

केही ठाउँमा ठूला ढुंगा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए। उनले भने, 'यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन।' सम्बन्धित निकायबाट पहिरो हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ। 

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ। उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन्।

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ। प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका-१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ।

उक्त मार्गअन्तर्गत मुग्लिन-नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ। सो पुलको सम्पन्न पश्चात् बाटो छोटिने पूर्वाधार विकास कार्यालयले जनाएको छ। पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ।

ग्रामीण सडक अवरुद्ध 
केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन्। पहिरोका कारण शुक्लागण्डकी नगरपालिका-११ कालीकोट सडकखण्ड अवरुद्ध भएको छ। यस्तै सोही वडाको राइपुर साँखे सडक पहिरोका कारण अवरुद्ध भएको छ।

घिरिङ गाउँपालिकास्थित विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ। उक्त ठाउँको गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्। भीमाद नगरपालिका-२ हुँदै जाने विभिन्न सडक पहिरोका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए।

उनका अनुसार यो वडा हुँदै जाने भीमकाली सडक, मिर्दी सडक, किहुँ सडक, उत्तर दक्षिण सडक, बिरुवा सडक, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ सडक तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन्। रासस

प्रकाशित: Jul 08, 2024| 17:33 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्