आइतबार, चैत २९, २०८२

अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

गलेश्वर- पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो।

National life

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दुरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्णरुपमा बन्द भएको थियो। बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो।

यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए। भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए।

फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताए। सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

kumari

'यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ। पश्चिम म्याग्दीमा रहेका मंगला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्', सांसद गर्बुजाले भने। रासस

प्रकाशित: Jul 08, 2024| 16:39 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्