सोमबार, जेठ २६, २०८२

बिलबीजक नभएको एक करोड ८९ लाख मूल्य बराबरका सामान बरामद

 |  सोमबार, असार २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

vianetvianet

वीरगञ्ज- पर्सा प्रहरीले बिलबीजक नभएको एक करोड ८९ लाख ५० हजार छ सय २२ रूपैयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानूनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो। रासस

प्रकाशित: Jul 08, 2024| 15:42 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्