आइतबार, असोज २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रचण्डलाई एमालेको व्यंग्य- तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र

 |  सोमबार, असार २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

काठमाडौं- नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर १७ असारमा सामूहिक राजीनामा बुझाए। एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामापत्र बोकेर बालुवाटार पुगेका थिए।

triton college

प्रचण्डले एमालेका मन्त्रीहरुको एक-एक गरेर राजीनामा बुझे र फोटो पनि खिचाए। सामूहिक तस्बिर पनि लिइयो। एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन्। एउटा कुरामात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए- यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरें मैले ।’ यो समाचारको चर्चा विभिन्न एंगलबाट धेरैले गरे।

यसको जवाफ एमालेका सांसदहरुले एक सातापछि आज दिए। त्यो पनि संसद् बैठकमा। एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रचण्ड अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको टिप्पणी गरे। ‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आज पनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ। तर बाँसुरी बजाइरहेको छ,' गैरेले भने, 'सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ। बरु उडायो सबै सपनाहरू हुरीले भन्ने गीत गाए हुने नि।'

एमालेकै सांसद महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले सहयात्री दल एमालेलाई एक्ल्याउने प्रयास गरेकाले अर्को गठबन्धन गर्नुपरेको बताए। बर्तौलाले प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराए। ‘बालुवाटारमा राजीनामा  बुझाउने क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा गीत गाउनुभयो फत्तेमान राजभण्डारीको– यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले। म सम्मानीय प्रधानमन्त्रीज्यूलाई अञ्जु पन्तको एउटा गीत स्मरण गराउन चाहान्छु– तिमीले पराइ ठानेपछि पराइ  हुन के भयो र तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र।’

 

Metro Mart
vianet

प्रकाशित: Jul 08, 2024| 14:04 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्