सोमबार, पुस ७, २०८२

शोकमा डुबेको काउरे गाउँ

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ।

National life

स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए। पहिरोमा परेर अन्य चार जना घाइते भएका छन्। घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन्।

अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर बेपत्ता भएका थिए। बेपत्ता दुवैजनाको शव फेला परेपछि अहिले गाउँ शोकमा डुबेको नगर प्रमुख पण्डितले बताए।

“अहिले मृतकका परिवारलाई सान्त्वना दिन स्थानीय, शुभचिन्तकको घुइँचो लागेको छ। घटनाले सिंगो नगर शोकमा डुबेको छ”, उनले भने। नगर प्रमुख पण्डितका अनुसार नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा मृतकका परिवारलाई किरियाखर्च दिने निर्णय भएको छ।

Laxmi sunrise bank
kumari

मृतक तीनै जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाई जातीय पराम्परा अनुरुप दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार नेपालीको शनिबार, बाँस्तोला र भण्डारीको आइतबार बिहान खोजीका क्रममा शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी तथा उद्धारमा जुटेका थिए।   
---

 

प्रकाशित: Jul 08, 2024| 13:14 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्