शुक्रबार, भदौ २७, २०८२

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

 |  सोमबार, असार २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

vianetvianet
Kumaribank
Metro Mart

बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। पार्टीबाट मन्त्रिपरिषद्‍मा सहभागी सबै पाँच जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष  राजीनामा पेस गरेका छन्।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र  उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।

केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो। बागमतीमा माओवादी केन्द्र नेतृत्वको सरकार छ।

प्रकाशित: Jul 08, 2024| 12:05 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्