शनिबार, भदौ ६, २०८३

आजदेखि मनसुनको सक्रियतामा कमी आउने

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

काठमाडौं- नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ। 

प्रकाशित: Jul 08, 2024| 09:21 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्