सोमबार, पुस ७, २०८२

तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

तनहुँ- शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व भएको छ।

National life

विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।

‘म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ’, उनले भने।

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको उनले बताए। यसैगरी व्यास नगरपालिका–४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी छ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ।

Laxmi sunrise bank
kumari

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ। सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुईवटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरू भएको रेग्मीले जानकारी दिए।

प्रकाशित: Jul 07, 2024| 21:17 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्