शनिबार, भदौ ६, २०८३

पहिरो जान लागेको यसरी थाहा पाउन सकिन्छ

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- अहिले देशभर बाढीपहिरोको प्रकोप छ। अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायत विपद्‍मा परी गत जेठ २८ गतेदेखि आजसम्म ४८ जनाको मृत्यु भइसकेकव छ। कतिपय ठाउँमा अहिले पनि वर्षा भइरहेको छ र बाढीपहिरोको जोखिम कायमै छ। 

प्राकृतिक विपद्‍लाई टार्न सकिँदैन तर सावधानी अपनाउन भने सकिन्छ। बाढीपहिरोका पूर्वसंकेतहरु पहिचान गरी सतर्कता अपनाउन सकिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो आउन लागेको यसरी थाहा पाउन सकिन्छ-

- जमिन भुक्क फुल्नु, भासिनु, चिरा पर्नु, धाँजा फाट्नु
- रुख, बिजुलीको पोल वा घरका खाँबा ढल्किनु
- घरको भित्ता, पर्खालमा चिरा देखिनु
- जमिनभित्रबाट पलाउने पानी धमिलो हुनु
- चट्टान फुटेजस्तो कट्‍कट् आवाज आउनु

प्रकाशित: Jul 07, 2024| 19:27 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्