शनिबार, भदौ ६, २०८३

पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव भेटियो

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

स्याङ्जा- स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ। शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। 

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए। पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो। उक्त घरमा सासूबुहारी बस्दै आएका थिए। पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो।

प्रकाशित: Jul 07, 2024| 14:36 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्