शनिबार, असोज १९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारलाई पहिरोसँग तुलना गर्दै सांसद खतिवडाले भने- पन्छाउन ढिला भइसक्यो

Siddartha premir insuranceSiddartha premir insurance

सरकारलाई पहिरोसँग तुलना गर्दै सांसद खतिवडाले भने- पन्छाउन ढिला भइसक्यो

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई पहिरोजस्तै पन्छाउन हतार भइसकेको बताएका छन्।

triton college

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले सो कुरा बताएका हुन्। “बाढीपहिरोले देशभर सडक अवरुद्ध गरेको छ। सदन पनि सरकारले अवरुद्ध गरिदियो। देशव्यापी रूपमा बाढीपहिरो पन्छाउने काम सडकमा गरेझैं सदनमा पनि सरकारलाई पन्छाउने काम गर्नुपर्‍यो। नभए बाटो छेकेजस्तो भएको छ,” उनले भने।

अर्को प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न अनुरोध गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।

एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका हुन्। “वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्गप्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु,” उनले भने।

प्रकाशित: Jul 07, 2024| 12:58 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्