शनिबार, भदौ ६, २०८३

सरकार बनाउन तयार एमाले प्रतिपक्षी बेञ्चमा

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- संघीय संसद् अन्तर्गत आइतबारको जारी प्रतिनिधिसभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ। असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले प्रतिपक्षी भएको हो।

आज बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। यसअघि असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्ता पक्षको बेन्चमा बसेको थियो।

प्रकाशित: Jul 07, 2024| 12:37 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्