शनिबार, असोज १९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले कुनै पनि निर्णय नगरी तत्काल राजीनामा दिनुपर्छ: एमाले

Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्रीले कुनै पनि निर्णय नगरी तत्काल राजीनामा दिनुपर्छ: एमाले

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ। आइतबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो।

triton college

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले बैठकपछि भने, ‘उहाँले राजीनामा दिनुभएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’

उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्त गरिदिन पनि एमालेले माग गरेको बताए। ‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन्। रास्वपालगायत केही दल भने अझै सरकारमा छन्। नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालले भने राजीनामा नदिने बरू संसद् फेस गर्ने बताउँदै असार २८ गतेको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

Metro Mart
vianet

एमालेले संसद्‌बाट पनि प्रधानमन्त्री प्रचण्डको राजीनामा दिन माग गरेको छ। आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।

एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका हुन्। “वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्गप्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु,” उनले भने।

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्गप्रशस्त गर्न अनुरोध गरे। “सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गर्न चाहन्छु,” उनले भने।

एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए। अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,” उनले भने।

 

प्रकाशित: Jul 07, 2024| 12:03 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्