शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

२४ घण्टामा २४ जनाको मृत्यु

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न घटना-दुर्घटनामा २४ जनाको ज्यान गएको छ। नेपाल प्रहरीको बुलेटिन अनुसार पहिरोमा पुरिएर ७ जना, सवारी दुर्घटनामा ४ जना, खोलाले बगाएर ४ जनाको मृत्यु भएको छ। यसैगरी फरक फरक स्थानमा ९ जना मृत फेला परेका छन्।

triton college

पहिरोमा पुरिएर सात जनाको मृत्यु
पर्वत, फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका- ३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ ।

पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

तनहुँ, अविरल वर्षाको कारण शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको हो । पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपाली सहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतरा समेतबाट खटिएको टोलीले उद्दार एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । बेपत्ता १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

स्याङ्जा, बिरूवा गाउँपालिका-६ लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् । गुईश्वरी र माधवको घर पहिरोले पुरिएर क्षति भएको र उनीहरूको उद्दार गरी ईश्वरीको खाली घरमा राखेकोमा उक्त घर समेत पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा तीनै जनाको शव फेला परेको हो । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Metro Mart
vianet

सवारी दुर्घटनामा चार जनाको मृत्यु
कास्की, पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटतर्फ जाँदै गरेको ग.१ ख ४१५६ नम्बरको बसले च्यापिएर बसमा सवार सोही ठाउँ बस्ने ७२ वर्षीया ललिता थापाको शनिबार मृत्यु भएको छ । बसबाट ओर्लिइ हिँड्ने क्रममा बसको पछाडिको पाङग्राले च्यापिएर गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, हरिपुर नगरपालिका-१ जानकीनगर स्थित सडकमा ज.८ प ६८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय ईन्द्रहरि पोखरेलको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै हाईबे ट्रमा हस्पिटल चन्द्रनिगाहपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, नवराजपुर गाउँपालिका-४ सुनबर्सा चोकमा स.४ प २४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूषको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र नवराजपुर हुँदै प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, निजगढ नगरपालिका-११ उन्नासी पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ हुँदै प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खोलाले बगाएर चार जनाको मृत्यु
पाल्पा, माथागढि गाउँपालिका-६ माईलाचौर स्थित रहवास खोलाले बगाएर सोही ठाउँ बस्ने ६० वर्षीया रिमा सराहा राना मगरको शनिबार दिउँसो मृत्यु भएको छ ।

काभ्रे, रोशी गाउँपालिका-११ स्थित भ्याकुरे खोलाले बगाएर सोही ठाउँ बस्ने ६५ वर्षीया जालमाया रूजाल मगर र उनकै भदैनी ५ वर्षीया सेतीमाया रूजाल मगरको शनिबार बेलुकी मृत्यु भएको छ ।

उदयपुर, रौतामाई गाउँपालिका-५ आँपटार बस्ने नरेन्द्र राईको छोरा ५ वर्षीय राज राईको सोही ठाउँ स्थित अमृत खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।

९ जना मृत फेला
बागलुङ, गल्कोट नगरपालिका-३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धन बहादुर बोहोरा सोही नगरपालिका-३ स्थित छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, तानसेन नगरपालिका-५ चिसापानी बस्ने ४२ वर्षीय शेर बहादुर विक सोही ठाउँ स्थित खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बस्ने ५८ वर्षीय चन्द्र कुमार चौधरी सोही ठाउँ स्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापा, बिर्तामोड नगरपालिका-१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु सोही ठाउँ स्थित पैनीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, दिपायल सिलगढी नगरपालिका-७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा बिष्ट सोही ठाउँ स्थित खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

तनहुँ, व्यास नगरपालिका-१३ बेलबास छाब्दी दोभान स्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जा, वालिङ नगरपालिका-१० गाहाखोला स्थित आँधिखोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुर महानगरपालिका-११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित: Jul 07, 2024| 12:01 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्