सोमबार, पुस ७, २०८२

आज पनि देशैभर वर्षाको सम्भावना

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको छ।

National life

जसको प्रभावले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षा हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई  स्थानमा भने अति भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमका थोरै तथा गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

हिजो शनिबार पनि देशभर नै दिनभर वर्षा भएको थियो। अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2024| 07:17 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्