सोमबार, जेठ २६, २०८२

पहिरो र बाढीमा एकैदिन १० जनाको मृत्यु

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

vianetvianet

काठमाडौं- अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार एकै दिन १० जनाको ज्यान गएको छ। पहिरोमा पुरिएर ८ जना र बाढीमा बगेर २ जनाको मृत्यु भएको हो। 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबार अधिक वर्षा भएको थियो। सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा भएको छ। पहिरोमा परी स्याङ्जामा तीन जना, पर्वतमा २ र तनहुँमा २ जनाको मृत्यु भएको छ। यता काभ्रेमा २ जना र काठमाडौंमा एक जनाको ज्यान गएको छ। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिनभरमा देशभर सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन्। 

अविरल वर्षाका कारण उपत्यकाका अधिकांश भाग जलमग्न भएका थिए भने नदी किनारका बस्तीमा बाढी पसेको थियो। विशेषगरी बागमती, विष्णुमती, हनुमन्ते नदी किनारका बस्तीमा बाढी पसेको थियो।

बाढीका कारण नदी किनारका करिडोर शनिबार दिनभर अस्तव्यस्त बने। विशेषगरी बागमती किनारका इमाडोल, टेकु र युन एनपार्क जलमग्न बनेका थिए। थापाथली र बल्खुस्थित सुकुम्बासी बस्तीमा बढी पस्यो भने बल्खुस्थित तरकारी बजार पनि जलमग्न बन्यो। 

National life insurance

भक्तपुरस्थित हनुमन्ते खोलामा आएको बाढीका कारण स्थानीय प्रभावित भए। मध्यपुरथिमी नगरपालिका–२, दिव्यश्वरी प्लानिङ एरियास्थित १८ टहरामा बाढी पसेको थियो।  
 

प्रकाशित: Jul 07, 2024| 07:08 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्