शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'बा'लाई बालेनको अर्को प्रहार- गिरिबन्धुमा १५ हजार सुकुम्बासी परिवार व्यवस्थापन हुन सक्छ

'बा'लाई बालेनको अर्को प्रहार- गिरिबन्धुमा १५ हजार सुकुम्बासी परिवार व्यवस्थापन हुन सक्छ

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गिरीबन्धु चिया बगानसँग जोडेर कटाक्ष गरेका छन्। शनिबार बेलुका फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- 

National life

माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे। खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो। आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैं गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

Shivam cement

यसअघि बालेनले जेठ २१ गते ओलीलाई १० हजार करोडको काण्ड नलुकाउन चेतावनी दिएका थिए। प्रमुख शाहले झापाको गिरीबन्धु टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिएका थिए।

 

प्रकाशित: Jul 06, 2024| 21:13 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्