शनिबार, जेठ १६, २०८३

तनहुँको पहिरोमा तीनजना बेपत्ता

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन्। 

National life

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए । 

यसैगरी ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Shivam cement

ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

प्रकाशित: Jul 06, 2024| 18:55 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्